गाउँ सहर

नर्सिङ पढिरहेकी युवतीलाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक पक्राउ

फाइल तस्बिर

काठमाडाैं । मोरङको विराटनगरस्थित विराट हेथ कलेजमा नर्सिङ पढिरहेकी १९ वर्षीया युवतीलाई पटक–पटक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीले विराटनगर-४ का  सुरज सुवेदी र विराटनगर-३ का विनोद राउतलाई पक्राउ गरेको हो । उनीहरूमध्ये सुवेदी संखुवासभा र राउत मोरङका कराँते प्रशिक्षक हुन् ।

राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति पाएका उनीहरू एमालेनिकट खेलकुद संगठनमा पनि सक्रिय थिए ।

आफूलाई होटलमा लगेर दुई जनाले जबरजस्ती गरेको जाहेरी किशोरीले प्रहरीमा दिएपछि उनीहरू आइतबार प्रहरी नियन्त्रणमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान थालिएका दुबैले ती किशोरीमाथि पटक-पटक बलात्कार गरेको जाहेरी परेको प्रहरी भनाइ छ ।

राउतले होटलमा लगेपछि युवतीको भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै पटक–पटक बलात्कार गरेको आरोप छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत