अर्थतन्त्र

शेयरबजार : सस्ताेमा किनेर नाफा ‘बुक’ गर्नुभयाे कि थप किन्नुभयाे ?

काठमाडाैं । लगानीकर्ताले सस्ताेमा किनेकाे शेयर नाफा बुक गरेर बेचेका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीति पछि शेयर बजारमा निरन्तर वृद्धि भइरहेको शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीति पछि शेयर बजारमा निरन्तर वृद्धि भइरहेको थियो । तर, मंगलबार भने उच्च अंकले घटेको हो ।  

आज नेप्से ४४.८० अंकले घटेर दुई हजार ८८ दशमलब १६ विन्दुमा बन्द हो । सोमबार नेप्से ५४.४५ अंकले बढेर दुई हजार एक सय ३२ दशमलब ९६ विन्दुमा बन्द पुगेको थियो ।                            

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा तीन अर्ब ७२ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आइतबार कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ९.३२ प्रतिशतले बढेर प्रतिकित्ता ३३२ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १९ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।  

अल्पकालीन ब्याजदरहरु बढ्न थालेसँगै शेयर बजारमा पुनः गिरावट देखिएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै शेयर लगानीकर्ताको केहि मागलाई सम्बोधन गरेपनि लगानीकर्ताले भने जस्ताे आएकाे थिएन ।

गाउँ सहर संवाददाता

तपाईँको मत