स्थानीय तहको चुनावमा ५ अर्ब ४ करोड खर्च
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १७:३२:०० मा प्रकाशित
काठमाडाैं । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा पाँच अर्ब खर्च भएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार आयोगले खर्च सार्वजनिक गर्दै प्रवक्ता शालिग्राम पौडेलले चुनावमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जानकारी दिएका हुन् ।
निर्वाचनका लागि आयोगलाई सरकारले ८ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो । विगतका चुनाव भन्दा यसपटक मितव्ययी भएको दाबी गर्दै पौडेलले तीन अर्ब ६ करोड ८६ लाख रुपैयाँ सरकारलाई फिर्ता गरेको जानकारी दिए ।
चुनावका क्रममा सचिवालयका लागि १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३ अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा ४ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।
प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा प्रतिमतदान केन्द्र २ लाख २९ हजार ५७८ रुपैयाँ र प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस