गाउँ सहर

दाउन्नेमा बस पल्टियाे, आगो लाग्दा ३१ जना घाइते, चार जनाको अवस्था गम्भीर

काठमाडौं । नवलपरासी पूर्व (नवलपुर) काे विनयी त्रिवेणी गाउँपालिका - दाउन्नेमा बस दुर्घटना भएको छ ।

बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन्, चारको अवस्था गम्भीर छ । 

कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख  डिएसपी सन्तोष पाठकले जनाकारी दिए । 

बसमा ३१ जना सवार रहेको र चारको अवस्था गम्भीर रहेको पाठकको भनाइ छ। घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको  मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ  । चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाठकले बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत