ग्वार्कोमा ट्याक्सी माथि बस पल्टिँदा...
- गाउँ सहर संवाददाता
- १२ श्रावण बिहीबार, २०७९ | ०७:१६:०० मा प्रकाशित
काठमाडौं । काठमाडौँ उपत्यकामा नै बेला बेलामा भयानक दुर्घटना हुने गरेका छन् । गत हप्ता भक्तपुरमा गुडीरहेको बसमाथी रुख ढल्दा ३ जनाले ज्यान गुमाएका थिए भने बुधबार ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ ।
बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
ललितपुर प्रहरीका अनुसार घटनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घाइते भएका छन् ।
डीएसपी अंगुर जिसीका अनुसार घिसिङको गर्धनमा चोट लागेको छ । यस्तै मोटरसाइकल चालक भक्तपुर बालकोट बस्ने ३९ वर्षीय अनिस श्रेष्ठको नाक र दाहिने खुट्टामा चोट लागेको छ ।
त्यस्तै बसमा सवार ललितपुर लुभुका एक वर्षीय बालक विवश राईको ढाडमा चोट लागेको र उनको पनि उपचार भइरहेको छ । ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस