खेल

ग्यालेक्सी पब्लिक स्कुल प्लस टु यसइई कप सम्पन्न

काठमाडाैं । गुणस्तरीय शिक्षाका लागि प्रशिद्ध ग्यालेक्सी पब्लिक प्लस टु ले आफ्नो नियमित शैक्षिक कार्यक्रम वाहेक विभिन्न अन्तरकृयात्मक कृयाकलापबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकास गराई रहेको छ ।

ग्लेक्सी पब्लिक स्कुल प्लस टु ले  गत साता यसइई कप फुट्सल टुनामेन्ट सम्पन्न गरेको छ । कार्यक्रममा २२ वटा बिभिन्न कलेजले उक्त खेलकुद कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रम ग्यालेक्सी पब्लिक स्कुलको आफ्नै खेल मैदानमा विहान ९ बजे बाट वेलाका ५ वजे सम्म सन्चालन भएको थियो ।

कार्यक्रमलाई सिङ्गापुर वेभरेज नेपाल, जिरू दि टेस्ट अफ नेपाल, निम्बु पानी त्यसै गरी स्पोन्सरमा मिड भ्याली इन्टरनेसनल कलेज, एरो इन्टरनेसनल एजुकेसन, छबी सर्भिस सप्लायर्स् लगायतका संस्था रहेका थिए ।

थुुप्रै प्रतिस्पर्धीलाई आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेर जन प्रभात सेेकेन्डरी स्कुल दृतिय भई १०००० रूपैयाँको चेक हात पारेको छ ।

त्यसै गरि शान्तिनगर फुट्सल टिम प्रथम भई २५००० रूपैयाँको चेक प्रदान गरिनुको साथै सम्पूर्ण सहभागीलाई मेडल, प्रमाणपत्र साथै ट्रफी प्रदान गरीएको थियो ।

आयोजकले कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न भयको जानकारी गराए साथै सम्पूर्ण प्रतियोगिहरुलाई खेल रोचक र प्रतिस्पर्धी बनाएकोमा धन्यबाद ब्यक्त गरेका थिए ।

विगत ३५ वर्ष अघिदेेखी गुणस्तरीय  शिक्षाको प्रत्याभूति गराउदै ग्यालेक्सी पब्लिक स्कुलले समय समयमा यस्ता अतिरिक्त क्रियाकलापहरूको आयोजना गर्दै आइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत