गाउँ सहर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल लोकतान्त्रिक शेर्पा संघकाे निम्ताे

काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल लोकतान्त्रिक शेर्पा संघकाे निम्ताे गरेकाे छ ।

अध्यक्ष ओलीलाई नेपाल लोकतान्त्रिक शेर्पा संघले आगामी श्रावण २८ गते आयोजना गरिएको महाधिवेशनमा प्रमुख अतिथिको लागि उनकै निवासमा निमन्त्रण पत्र हस्तान्तरण गरेर निम्ताे दिएकाे हाे ।

निम्ताे दिन केन्द्रीय सचिवालय संयोजक नामगेल शेर्पा र  नेकपा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पुगेका थिए ।

नेपाल लोकतात्रिक शेर्पा संघले श्रावण २८ गते आयोजना महाधिवेशनमा देशको सबै जिल्लाबाट २००० जना प्रतिनिधिहरु उपस्थित हुने भएको संघले जनाएकाे छ । कार्यक्रम स्मार्ट पार्टी प्यालेस काठमाडाैँमा हुनेछ ।

कार्यक्रम व्यवस्थापनको लागि ५०१ जना आयोजक कमिटी गठन भैसकेको छ । कार्यक्रमलाई थप व्यवस्थित एवं सार्न्दभिकता दिन उपसमिति गठन गरी आ- आफ्नो विभाग पनि सुम्पिसकेको संयोजक शेर्पाले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत