एसपीपी अघि नबढाउने पत्र सरकारले अमेरिकालाई पठाएकाे संसदमा जानकारी
- गाउँ सहर संवाददाता
- १३ श्रावण शुक्रबार, २०७९ | १२:४९:०० मा प्रकाशित
काटमाडौं । नेपाल सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।
प्रतिनिधिसभामा शुक्रबार जानकारी दिँदै मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको जानकारी संसद्लाई दिएका हुन् ।
पत्राचारको विषयमा आन्तरिक परामर्श गर्नुपर्दा केही समय लागेको मन्त्री खड्काको भनाइ थियो । उनले सांसदहरूको संशयप्रति आपत्ति जनाएका थिए ।
‘पत्राचारको विषयमा अन्तरिक परामर्शका कारण केही समय लागेको हो । केही सांसदहरूले यसमा संशयसमेत व्यक्त गरेको सुनिएको छ‚’ उनले भने‚ ‘एसपीपीको विषयमा सरकार प्रस्ट थियो र‚ छ । नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयमा संशय व्यक्त गर्नु कदापि अस्वभाविक नै हुन्छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस