चन्द्रागिरि नगरपालिकाले सम्पूर्ण जेष्ठ नागरिकको लागि निःशुल्क सुगर र प्रेसरको औषधि व्यवस्थापन गर्ने
- गाउँ सहर संवाददाता
- १३ श्रावण शुक्रबार, २०७९ | २०:४६:०० मा प्रकाशित
काठमाडाैँ । चन्द्रागिरि नगरपालिकाले सम्पूर्ण जेष्ठ नागरिकको लागि निःशुल्क सुगर र प्रेसरको औषधि व्यवस्थापन गर्ने जनाएकाे छ ।
आज मिति २०७९/०४/१३ गते नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा नगरपालिकाको सभा हलमा स्वास्थ्य सेवा दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका बीच नगरको पन्ध्रै वडाको स्वास्थ्य संस्थाका उत्कृष्ट स्वास्थ्यकर्मीज्युहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रमको सभापति सामाजिक समितिका संयोजक घनश्याम लुइँटेल थिए भने विशेष अतिथि नगर उप प्रमुख बसन्ती श्रेष्ठ थिइन् । कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुख तथा विभिन्न वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुखले नगरपालिकाले यसै वर्ष देखि सम्पुर्ण वडामा 'घर दैलो नर्स सेवा' संचालन गर्ने कुरा जानकारी गराए । साथै यसै आर्थिक वर्ष देखि नगरपालिकाका सम्पूर्ण जेष्ठ नागरिकहरुलाई वडाका स्वास्थ्य संस्था मार्फत निःशुल्क सुगर र प्रेसरको औषधि उपलब्ध गराउने तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने कुरा पनि जानकारी गराए ।
यसै वर्ष देखि नगरपालिकाको प्राथमिक अस्पतालमा डायलिसिस सेवा शुरु गरिने लक्ष्य राखिएको कुरा नगर प्रमुखले बताए । स्वास्थ्यकर्मीहरुको पारिश्रमिक एकरुपताको लागि पनि नगरपालिकाले यसै आर्थिक वर्षदेखि प्रक्रिया अगाडी बढाउने कुरा पनि उक्त कार्यक्रममा उनले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कतारी अमिरको नेपाल भ्रमणकति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
प्रतिकृया दिनुहोस