नेकपा माओवादी केन्द्र गलकोट नगरको अध्यक्षमा रेग्मी चयन
- गाउँ सहर संवाददाता
- १४ श्रावण शनिबार, २०७९ | ०७:४४:०० मा प्रकाशित
बागलुङ । नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले पार्टी नेतृत्वमा जिम्मेवार हेरफेर गरेको छ । बैठकले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले जानकारी दिए ।
जस अन्तर्गत नगर समितिको अध्यक्षमा चन्द्रदत्त रेग्मी, उपाध्यक्षमा विष्णु खत्री, गंगा भुजेल र कौशीला घर्ती मगर, सचिवमा भिम बहादुर विश्वकर्मा, सहसचिवमा सरस्वती कार्की र कोषाध्यक्षमा छुम बहादुर थापालाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
त्यस्तै माओवादी केन्द्रले गलकोट नगरमा सचिवालय समिती समेत गठन गरेको छ सचिवालय समितीमा नगर समितीका पदाधिकारीहरु सहित २२ सदस्य रहेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गलकोट नगर समितीका उपाध्यक्ष विष्णु खत्री, पूर्व अध्यक्ष ललित श्रीस र गलकोट नगरपालिकाका नगर उपप्रमुख तथा नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले मन्तव्य राखे ।
सो अवसरमा जिल्ला समन्वय समितीमा निर्वाचित हर्क पाण्डे, गलकोट नगर कार्यपालिकाको सदस्यमा निर्वाचित टीका सुवेदी र भिम विश्वकर्मालाई सम्मान गरिएको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका उपाध्यक्ष गंगा भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । माओवादी केन्द्रले गलकोट नगरमा संगठन सुदृढिकरण, विस्तार आगामी कार्ययोजना लगायतका विषयमा अन्तरक्रिया समेत गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस