गाउँ सहर

खोटाङ केन्द्रविन्दु भइ ६ म्याग्नेच्युडको भूकम्पले हल्लायाे

काठमाडौं । खोटाङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

आइतबार बिहान ८ : १३  बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । 

 

खोटाङको नातिङ बिर्ता वरिपरि केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले यो खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको बताइन् ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । 

गाउँ सहर संवाददाता

तपाईँको मत