मंहगी बिरुद्ध एमालेले आज जनप्रदर्शन गर्ने
- गाउँ सहर संवाददाता
- १६ श्रावण सोमबार, २०७९ | ०९:३०:०० मा प्रकाशित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौंमा आज जनप्रदर्शन गर्ने भएको छ। सर्वोच्च अदालतको परमादेश पछि निमार्ण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो ।
दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्नेछ ।
जुलुसमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरूलगायत सहभागी हुने एमालेले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस