मन्दिरमा जल चढाउन गइरहेका पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १६ श्रावण सोमबार, २०७९ | १२:१६:०० मा प्रकाशित
काठमाडौं । भारतको पश्चिम बंगालमा एक पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ। १६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पश्चिम बङ्गालको कुचबिहार जिल्लादेखि पिकअप भ्यानमार्फत जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका १० जनाको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर अचेत सबैलाई उद्धार गरेर चेंगाबान्धा अस्पताल पुर्याइएको थियो । त्यसमध्ये १० जनालाई प्रहरीले मृत घोषणा गरेको थियो
घटनामा घाइते १६ जनालाई जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ। ज्यान गुमाउने र घाइते हुने सबै कन्बारिया सेतालकुचीका बासिन्दा हुन् । उनीहरू २७ जनाको समूहमा थिए ।
घटनाबारे अनुसन्धान थालेको प्रहरीले पिकअप भ्यानमा राखिएको जेनेरेटर सर्ट भएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ भने चालक भने फरार छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
प्रतिकृया दिनुहोस