सुनापतिकाे सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट नजिता ल्याउने विद्यार्थी र शिक्षक सम्मानित
- गाउँ सहर संवाददाता
- १६ श्रावण सोमबार, २०७९ | १८:०८:०० मा प्रकाशित
रामेछाप । एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थीलाई गाउँपालिकाले सम्मान गरेकाे छ ।
सुनापति गाउँपालिका-४, डहुस्थित सामुदायिक विद्यालय श्री डहु माध्यमिक विद्यालयबाट एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थी सम्मानित भएका हुन् ।
एसईई परीक्षा २०७८ मा नेपाल भरिकै उत्कृष्ट ४२ मध्ये दुई विद्यार्थीहरु राजन तामाङ र प्रतीक थिङले उत्कृष्ट नतिजा प्राप्त गरेका थिए ।
पालिकाले आयोजना गरेको सम्मान गर्दै गाउँपालिका अध्यक्ष ठूलाेकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट तथा प्रमुख प्रशासकीय प्रमुख कमलराज श्रेष्ठले उनीहरूकाे उज्ज्वल भविष्यको कामनासहित सम्मानपत्र प्रदान गरेका हुन् ।
साे अवसरमा अंग्रेजी, बिज्ञान र गणित बिषयका बिषय शिक्षक तथा डहु विद्यालयलाई सम्मानपत्र प्रदान गरिएकाे प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस