साफ यू-२० च्याम्पियनसिप : बंगलादेशसँग नपालकाे आजकाे खेल महत्वपूर्ण
- गाउँ सहर संवाददाता
- १७ श्रावण मंगलबार, २०७९ | ०९:०१:०० मा प्रकाशित
काठमाडाैं । भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध लिगको आफ्नो अन्तिम खेल खेल्नुअघि नेपाल गर या मरको अवस्थामा छ ।पालले आज मंगलबार लिग चरणको अन्तिम खेल खेल्दैछ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।
तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो ।
बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । माल्दिभ्स र श्रीलंका १-१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । भारतसँग ८-० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आश्यकता परेको हो ।
बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।
यस्तै माल्दिभ्स र भारतबीच बराबरी भएकामा नेपालले बंगलादेशमाथि १ गोलको जितले पुग्नेछ ।
५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस