खेल

नेपाली गोलकिपर किरणकुमार लिम्बू माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित

काठमाडाैं । किरणकुमार लिम्बू माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर चेम्जोङ माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उत्कृष्ट गोलकिपर घोषित भएका हुन् ।

किरण आबद्ध माजिया एससीले सिजनको लिग जितेको थियो । माजियाले लिग जित्दा किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए । माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनबाट खेलेका किरण सिजनको उत्कृष्ट गोलकिपर बनेका हुन् ।

किरण गत मंसिरमा २०२१/२२ सिजनका लागि माजियामा आबद्ध भएका थिए ।

किरणले व्यक्तिगत दोस्रो पटक माल्दिभ्सको लिगको उपाधि जितेको हो । यस अघि उनले टिसी स्पोर्टस क्लबबाट उपाधि जितेका थिए ।

किरणले २०१७ र १८ को सिजन टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको लिग खेलेका थिए । किरण २०१८ को लिगमा उत्कृष्ट गोलकिपर चयन भएका थिए ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत