कक्षा ११ को भर्ना साउन मसान्तसम्म लिन परीक्षा बोर्डको निर्देशन
- गाउँ सहर संवाददाता
- १८ श्रावण बुधबार, २०७९ | ०९:५४:०० मा प्रकाशित
काठमाडाैं । कक्षा ११ को भर्ना साउन मसान्तसम्म लिन परीक्षा बोर्डको निर्देशन दिएकाे छ । बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्याएको छ ।
परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।
छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो । ‘कक्षा–११ को बिद्यार्थी भर्ना गर्ने सबन्धनमा बिभिन्न विद्यालय र क्याम्पसहरूले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखी सुचना प्रकाशित भएको हुँदा देशका दुर्गम क्षेत्रका बिद्यार्थीहरुले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको भनि बोर्डमा प्राप्त गुनासाहरूका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ ।
‘यस सम्बन्धमा सबन्धित बिद्यालयहरुले माध्यमिक शिक्षा परिक्षा –कक्षा ९१००को नतिजा सार्वजनिक भएको न्यूनत्तम १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल श्रावण मसान्तसम्म बिद्यार्थी भर्ना लिने ब्यवस्था मिलाउन सबै बिद्यालयरक्याम्पसलाई सुचित गरिन्छ,’सूचनामा भनिएको छ । स्थानीय पालिकाहरुले सो बारेमा सहजीकरण गर्न पनि परिक्षा बोर्डले अनुरोध गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस