गाउँ सहर
फाइल तस्बिर
नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी भएकाे सूचनापछि विमान राेकियाे, २ जना नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १८ श्रावण बुधबार, २०७९ | १५:०२:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच २ जना नियन्त्रणमा लिइएकाे छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले नियन्त्रणमा लिएको हाे । श्रीमान्-श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।
कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान यात्रु ओरालेर जाँच गरेकाे हाे ।
जहाजमा १४१ जना यात्रु छन् । यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने प्रवक्ता खड्काले बताइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस