स्वास्थ्य

उकालाे लाग्दैछ काेराेना भाइरस संक्रमणकाे ‘ग्राफ’, एकैदिन ९१५ थपिए, ४३ जना आईसीयूमा

काठमाडौं । पछिल्ला दिनमा काेराेना भाइरस संक्रमणकाे ‘ग्राफ’ उकालाे लागिरहेकाे छ । 

पछिल्लो २४ घण्टामा मात्रै देशभर थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार दुईवटा स्वाब नमुनाको परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।

३०१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

आज देशभर रहेका पाँच हजार ४३३ जना सक्रिय संक्रमितमध्ये पाँच हजार २७५ जना होम आइसोलेसनमा र १५८ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये ४३ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल संक्रमणदर १५ प्रतिशतभन्दा बढी रहेको पनि मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ४२२ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३३७, भक्तपुरमा ३२ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत