आज बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नसक्ने
- गाउँ सहर संवाददाता
- १९ श्रावण बिहीबार, २०७९ | ०८:१६:०० मा प्रकाशित
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । सम्भवत: आज बिहीबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले चुनावको मिति घोषणा गर्ने बताइएको छ।
मन्त्रिपरिषदको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने छ ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।
गठबन्धनको सुझाब अनुसार सरकारले आज चुनावको मिति तोक्न सक्ने एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभाबाट केही विधेयक पारित गर्नु पर्ने अवस्था भएकोले मिति तोक्ने वा नतोक्ने बारेमा प्रधानमन्त्रीको निर्णयमा भर पर्ने उनको भनाइ छ ।
निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको हो । प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन् । उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए ।
आउँदो मंसिर २२ मा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल सकिने आयोगको निश्कर्ष छ । त्यसका लागि मंसिर ४ गतेभित्र चुनाव गरिसक्नुपर्ने आयोगको भनाइ छ ।
सरकारले संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस