थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४४ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा
- गाउँ सहर संवाददाता
- १९ श्रावण बिहीबार, २०७९ | १५:५२:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पाँच हजार ९२६ वटा नमुना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
आज ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा ३५१ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा २४६, भक्तपुरमा १७ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ८७० पुगेको छ ।
आजसम्म चार जिल्लामा सक्रिय संक्रमितको संख्या दुईसय भन्दा बढी पुगेको छ । काठमाडौं र ललितपुरसहित मोरङ र कास्कीमा पनि सक्रिय संक्रमित दुईसय भन्दा उकलो लागेको हो ।
आज देशभर रहेका पाँच हजार ६०२ जना सक्रिय संक्रमितमध्ये पाँच हजार ४४० जना होम आइसोलेसनमा र १६२ जना संस्थागत आइसोलेसन छन् ।
अस्पतालमा रहेकामध्ये ४४ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस