शिक्षा

पोखराको लिटल फ्लावरमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन हुँदै  

पोखरा । पोखराको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा यसै शैक्षिक सत्रदेखि कक्षा ११  सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका वडा नं २७ रिठ्ठेपानीमा अवस्थित यो विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फका कक्षा सञ्चालन हुने संस्थापक देवी प्रधान खड्काले बताइन् । डाइरेक्टर कमल खड्काले इतिहासका गौरवमय अवधि पार गर्दै आएको र उज्वल भविष्यका लागि आफूहरु जुटिरहेको बताए ।

यसै शैक्षिक सत्रदेखि विद्यालय सञ्चालनको नयाँ टिम समेत थपिएसँगै ११ मा नयाँ भर्ना सुरु गरेको उनले बताए ।

पोखराक्षेत्रकै अनुभवी र दक्ष शिक्षकद्वारा पढाइ हुने गरी कक्षा ११ को अनुमति लिएर नयाँ भर्ना प्रक्रिया सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल विकल पौडेलले बताए ।

विद्यालयका पूर्व प्रिन्सिपलसमेत रहेका विष्णुहरि पौडेल कक्षा ११ र १२ को संयोजक रहने गरी अगाडि बढेको विद्यालयले निकट भविष्यमा थप कार्यक्रमहरु सहित अगाडि बढ्ने लक्ष्य राखेको छ । हाल यस विद्यालयमा ७ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत