धेरैठाउँ बाढीकाे खतरा, विभाग भन्छ- उच्च सतर्कता अपनाऔँ
- गाउँ सहर संवाददाता
- २१ श्रावण शनिबार, २०७९ | ०६:४६:०० मा प्रकाशित
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग बाढी सूचनाका अनुसार देशका धेरै स्थानहरूमा भारी वर्षा भएकाे र त्यसले प्रभाव पार्ने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।
उसका अनुसार लुङ्गरि नदि, खुङ्गरि प्युठान जलमापन केन्द्रमा जलसतह ४.२८ मि. सतर्कता तह आसपास रहेको, तामाकोशी नदि, गोंगर जगत, दोलखा जलमापन केन्द्रमा जलसतह ४.६२ मि. सतर्कता तह आसपास रहेकाे र नदि बढ्दो क्रममा रहेको छ ।
यस्तै सोलुखुम्बु, सोलु खोला, साल्मे जलमापन केन्द्रमा जलसतह ४.८१ मि. पुगेकाे, धनकुटाको मछुवाघाट र त्रिवेणी आसपासका क्षेत्रमा भारी वर्षा भएकोले सो क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने हुनाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनुहुनेले उच्च सतर्कता अपनाउन विभागले भनेकाे छ ।
"सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे र आसपास पछिल्लो ३-६ घण्टा भारी वर्षा मापन भएकाे छ । मेलम्ची नदी नकोटेको जलसतह बढ्दो छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफि र अन्य साना खोलामा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ, बिहान १० बजे सम्म अति उच्च सतर्कता अपनाऔ" विभागले भनेकाे छ ।
उता सप्तकोसी नदीको सुनकोसी, दुधकोसी र तमोर जलाधारको केही स्थानमा भारी वर्षा मापन भएको छ । सप्तकोसी नदी चतरामा जलसतह बढ्दो छ । सतर्कता आसपास नजिक पुग्न सक्छ, विभागले अनुरोध गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस