“यसपाली त जसरी म माइत जाने” को म्युजिक भिडियो सार्वजनिक
- गाउँ सहर संवाददाता
- २१ श्रावण शनिबार, २०७९ | ०८:१२:०० मा प्रकाशित
काठमाडाैँ । चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको श्वरमा रहेको नयाँ तीज गीत “यसपाली त जसरी म माइत जाने” को म्युजिक भिडियो “राईट ट्यून” अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान, श्रीमतीबीच भएको बार्तालाप र समझदारीको भाव समेटीएको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द रचना गरेका हुन् । संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् । अहिलेका ब्यस्त मोडेल/कलाकार सरोज राना प्रजा र आभा थापाको सुन्दर अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि जोडदार अभिनय हेर्न पाईन्छ ।
फराज अर्पनको छायांकन,संतोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन भने निर्देशक गणेश शाहले गीतको भावभंगी अनुरुपनै यथार्थपरक ढंगमा निर्देशन गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस