राजनीति

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव

काठमाडाैं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय चयन भएका छन् । 

शनिबार ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले भट्टराई र रायलाई अध्यक्षमा चयन गरेको हो । 

यस्तै उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह र दुर्गा सोव चयन हुँदा महासचिव रमेशप्रसाद यादवलाई बनाएको छ ।

बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ । प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल,  कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा. जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत