सप्तकोशी नदी आसपासको क्षेत्रमा हाइ अर्लट, तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह
- गाउँ सहर संवाददाता
- २१ श्रावण शनिबार, २०७९ | २०:४३:०० मा प्रकाशित
इनरुवा । सप्तकोशी नदी आसपासको क्षेत्रमा प्रशासनले हाइ अर्लट जारी गरेको छ । नदीको जलस्तर अस्वभाविक बढ्ने आंकलन गरिएकाले तटीय क्षेत्रमा उच्च सर्तकता अपनाएको सुनसरी प्रशासनले जनाएको छ ।
पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएकाले तटीय क्षेत्र र आसपास उच्च सर्तकता अपनाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधनका साथै सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले नदीको अस्वभाविक वहावका कारण कोशी ब्यारेजमा पानीको सतह ५ लाख क्यूसेकको हाराहारीमा पुग्न सक्ने देखिएकाले ब्यारेजमा समेत सर्तकता बढाइएकोे बताए ।
यसैबीच कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरी तर्फ समेत प्रशासनले हाइ अलर्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा हाइ अलर्ट जारी गरिएको बताए ।
सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह समेत गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
प्रतिकृया दिनुहोस