गाउँ सहर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुसबाट सञ्चालन हुने

काठमाडाैं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेबाट (सन् २०२३, जनवरी १) सञ्चालनमा आउने भएको छ। 

आइतबार बसेको नागरिक उड्ड्यन प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 

‘जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय भएको छ,’ प्रवक्ता निरौलाले भने।

पोखरा एयरपोर्ट २०० हेक्टर जमिनमा बनेको छ। यसमा २.५ किलोमिटर लामो र ४५ मिटर चौडाइको एउटा धावनमार्ग छ। यसले धेरैमा वार्षिक १० लाखसम्म यात्रुलाई सेवा दिन सक्ने बताइएको छ।

सुरूमा यो विमानस्थल सन् २०२१ जुलाईमा निर्माण हुने भनिएको थियो। तर कोरोना महामारी र लकडाउनका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले बताएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत