कसरी हुँदैछ सत्ता गठबन्धनकाे सिट बाँडफाँट ? यस्ताे छ तयारी
- गाउँ सहर संवाददाता
- २३ श्रावण सोमबार, २०७९ | ०९:०२:०० मा प्रकाशित
काठमाडाैँ । गठबन्धनले पाँचवटै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको पहिलो बैठक सोमबार बस्न लागेको हो ।
दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए । गठबन्धनले कार्यदललाई श्रावण मसान्तभित्र सिट बाँडफाँटको खाका तयार गरी बुझाउन भनेको छ ।
ती नेताका अनुसार सोमबार बस्ने बैठकले कार्यदलले कसरी काम गर्ने भन्नेबारे समेत टुंगो लगाउनेछ । त्यसपछि कार्यदलले काम थाल्नेछ ।
कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान
- नेप्सेमा १४.८१ अंककाे गिरावट
- आजदेखि सेतो मत्स्येन्द्रनाथ रथयात्रा
प्राप्त प्रतिक्रिया
यि बुढाहरु लाई स सम्मान बिदाई गरौ यिनिहरु देश बनाउदैनन चुनाव पछि रिटायर्ड हुन्छन्
प्रतिकृया दिनुहोस