पशुपति मन्दिरमा लुकीछिपी फाेटाे खिच्नेमाथि नगरानी, मोबाइल जफतदेखि कारबाहीसम्म
- गाउँ सहर संवाददाता
- २३ श्रावण सोमबार, २०७९ | १२:१५:०० मा प्रकाशित
काठमाडौं । पशुपति मन्दिरमा लुकीछिपी फाेटाे खिच्नेमाथि कारबाही हुने भएकाे छ । अबदेखि लुकेर फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्नेलाई पशुपति क्षेत्र विकास कोषले कारबाही गर्ने भएको हाे । त्यतिमात्रै हाेइन मोबाइल जफत हुन सक्छ ।
कोषका अनुसार तोके बमोजिम शुल्क लिने बैंकमा दाखिला गराइनेछ । शुल्क नतिरेमा फोटो खिच्न प्रयोग गरिएको उपकरण जफत गरिने कोषले बताएको छ ।
कोषले जारी गरेको सूचनामा लेखिएको छ,' जरिवाना बुझाएपछि खिचिएको फोटो तथा भिडियो हटाएर मात्र सो उपकरण दर्शनार्थीलाई फिर्ता गरिनेछ ।'
मोबाइल, कलम र घडीमा समेत क्यामेरा जडान गरिएको हुँदा कुनै पनि अवस्थामा मन्दिर परिसर र वरिपरिको फोटो खिच्न नपाइने सूचना टाँस गरिएको छ । अंग्रेजी र नेपाली दुवै भाषामा तथा सांकेतिक रुपमा फोटो खिच्न प्रतिबन्ध गरिएको कोषले उल्लेख गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
प्रतिकृया दिनुहोस