इञ्जिनियरसहित पाँच जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
- गाउँ सहर संवाददाता
- २३ श्रावण सोमबार, २०७९ | १४:०५:०० मा प्रकाशित
काठमाडाैं । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर शिवजी प्रसाद रायसहित पाँच जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्म सडकको स्तरोन्नति गर्नका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर राय, इञ्जिनियर राम किशोर साह र सबइञ्जिनियर प्रेमचन्द्र झा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भइ उपभोक्ता समितिलाई जिम्मा दिइएकोमा सडक नबनाइ रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ ।
पाँचै जना विरुद्ध १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ माग दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस