सम्पन्न भयाे प्रभु लाईफ इन्स्योरेन्सको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन
- गाउँ सहर संवाददाता
- २४ श्रावण मंगलबार, २०७९ | १०:३८:०० मा प्रकाशित
काठमाडाैं । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेकाे छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको हाे ।
विजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए भने क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्ष सुभाष अमात्यले गरेका थिए ।
कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यवसायिक रणनीति तथा अवलम्वन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
पहिलाे चरणमा विजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ट कार्यसम्पदान गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष अमात्य र प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट व्यवसाय गर्ने सिईयो क्लव तथा चेयरम्यान क्लव दर्जाका अभिकर्ताहरुलाई सम्मान गरेका थिए ।
कम्पनीका चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरुलाई अध्यक्ष अमात्यले र सिइओ क्लबमा पर्न सफल अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत प्रसाईले सम्मान तथा बिभिन्न पुरस्कारहरु प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अमात्यले छोटो समयमा प्राप्त सफलताहरुले हाम्रो आगामी यात्राको लक्ष्य निर्धारण गर्ने बताए ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत प्रसाईले सबैको अथक मिहेनत एवं प्रयासले गत आर्थिक वर्ष २०७८/७९ को लक्ष्य चुम्न सफल भएको भन्दै सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।
उनले दृढ संकल्प र मिहेनतले नै यो उचाइमा पुग्न सफल भएकाले आगामी दिनमा यो उचाइको बृद्धिदरलाई कायम राख्ने दृढ बिश्वास समेत व्यक्त गरे ।
उक्त सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस