राजनीति

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले दल दर्ता गराएको हो ।

निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका मुख्यसचिव भीष्म अधिकारीका अनुसार दशौं नम्बर पार्टी दर्ता भएको छ । 

एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत आयोग पुगेर दल दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत