काठमाडाैंबाट ७४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ
- गाउँ सहर संवाददाता
- २४ श्रावण मंगलबार, २०७९ | १७:२०:०० मा प्रकाशित
काठमाडाैं । हुण्डी कारोबारमा संलग्न तीन जना राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली रहेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले सोमबार साँझ राजधानीको ठहिँटीबाट तीन जना हुण्डी कारोबारीसहित नगद ७४ लाख बरामद भएको बताए । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदिप आचार्य रहेका छन् ।
कोइरालाले पक्राउ परेकाको साथबाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद भएको जानकारी दिए । पछिल्लो समय राजधानीमा हुण्डी कारोबारी सक्रिय हुन थालेका छन् । प्रहरीले उनीहरुमाथि निगरानी बढाएको जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस