हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ - मेयर वालेन
- गाउँ सहर संवाददाता
- ८ भदौ बुधबार, २०७९ | २०:२६:०० मा प्रकाशित
काठमाडाैँ । काठमाडाैँका मेयर वालेन्द्र शाह (वालेन) ले सूचना दिएर नै अनाधिकृत संरचना भत्काएकाे बताएका छन् । उनले सरसल्लाहमा काेहिपनि नआएकाे समेत बताए ।
उनले भनेका छन्, "हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ । तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ ।
अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिविधि सधैँ रहनेछन् । यसैले हामी अनुरोध गर्दछौँ कि अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैँले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् ।"
उनले थप भनेका छन् - अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति हामी दुःख व्यक्त गर्दछौँ । साथै, त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
- स्वास्थ्य मन्त्रालयले मास्क लगाउन आग्रह गर्नुपर्ने अवस्था किन आयाे ?
- शेयरबजार : नेप्से र काराेबार दुवै बढ्याे
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङको १० मिलियन डलर लगानी
- एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत
प्रतिकृया दिनुहोस