सातै प्रदेशमा सात स्वतन्त्र त्रिभुवन विश्वविद्यालय हुनुपर्नेमा डा. लाेहनीकाे सुझाव
- गाउँ सहर संवाददाता
- १४ भदौ मंगलबार, २०७९ | ०८:२५:०० मा प्रकाशित
काठमाडाैं । राप्रपा पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले त्रिभुवन विश्वविद्यालयले सात प्रदेशमा सात स्वतन्त्र त्रिभुवन विश्वविद्यालय बनाउन सुझाव दिएका छन् । उच्च शिक्षालाई ठूला दलहरूले पार्टीका विद्यार्थीको युद्ध क्षेत्र बनाएकाे आराेप लगाउँदै गुणस्तर शिक्षाकाे लागि प्रदेशअनुसार त्रिविकाे स्वतन्त्र विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका हुन् ।
डा. लाेहनीले दलहरुले नेपाली युवाको भविष्य र नेपाली राष्ट्रको अस्तित्वलाई सानो पर्दै लागेका पनि बताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयमा देखिएकाे गञ्जागाेलकाे समाधानका लागि चार सुझाव पनि दिएका छन् ।
यस्ता छन् सुझाबहरु :
१. कुनै पनि विश्वविद्यालयको चान्सलर प्रधानमन्त्री हुने व्यवस्था खारेज गर,
२ डिग्री त्रिविको नामबाट दिएपनि सात प्रदेशमा सात स्वतन्त्र त्रिवि कायम गर, उदाहरणको लागि त्रिवि बिरगंज, त्रिवि दाङ्ग, त्रिवि बिराटनगर, त्रिवि पोखरा इत्यादी । यी सबै पूर्ण रुपमा आफ्नो काम गर्न स्वतन्त्र हुनेछन् र आफ्नै स्वीकृत पद्धति अनुसार चल्ने छन् ।
३ हरेक त्रिविमा भर्ना लिएका ४० प्रतिशत विद्यार्थीलाई आंशिक या पूर्ण छात्रवृत्तित्र आरक्षण नीति बमाेजिम उपलब्ध गराइने र
४ बिभिन्न त्रिविहरुले पाउने अनुदानको एउटा मुख्य मापदण्ड पढाईपछि विद्यार्थीले पाउने रोजगारी हुने यो कुरोलाई मध्येनजर गरेर पाठ्य सामग्री लागु गर्ने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
प्रतिकृया दिनुहोस