कला

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडाैं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष, पत्रकार तथा लेखक रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । संबिधान दिवशको अवशर पारेर नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरेका छन् ।

कार्यक्रममा नेकपा मालेका महासचिव एवं पूर्व मंत्री सिपी मैनालीले बैकल्पिक राजनीतिको क्षेत्रमा अघि बढ्ने क्रममाा कतिपय बिषय र मुद्धा हरुमा रबिन्द्र मिश्रको र आफ्नो बुझाइ समान रहेको बताएकाा छन् । २००७ साल देखि यताको राजनीतिले केवल प्रजातंत्रको नारा बोक्यो तर देशको आवश्यकताको बिचार बोध गर्न सकेन भन्दै बैकल्पिक राजनैति निर्माणका कतिपय प्रयास असफल भएता पनि समयक्रममाा सहि एजेन्डाको आत्मबोधले जनमनको भावनालाइ समेट्न सकेमा आगामी दिनमा नेपाली राजनैतिक क्षेत्रमा छुट्टे पहिचान बनाउन सफल हुनेछन् भन्ने उल्लेख गरेका छन् ।

यसै क्रममा अर्का बक्ता जलस्रोतबिद् एवं पूर्व मंत्री दीपक ज्ञवालीले रबिन्द्र मिश्रको प्रस्तुत पुस्तक ‘’बिचारभन्दा माथि देश‘’सबै राजनीतिज्ञ, राजनीतिको अध्ययन गर्ने विद्यार्थी र अनुसन्धाताका लागि सन्दर्भ सामग्री रहेको दाबी गर्दै नेताहरुको आफ्नो योग्यता क्षमता र हैसियत अनि देशको बास्तविक आवश्यकताा के हो भन्ने बोध गराउन सक्षम रहेको बताउंदै यो किताबको सुक्ष्म अध्ययन गरि राजनीतिक दलले आफ्नो घोषणापत्र लेख्नु पर्ने कुरा दर्शाएका छन् ।

कार्क्रममा बोल्दै पुस्तकका लेखक रबिन्द्र मिश्रले आफ्नो अक्षरको खेतीका क्रममा प्रस्तुत पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु— संवैधानिक राजसंस्था, सङ्घीयताको खारेजी, हिन्दू–बौद्ध राष्ट्र र लोककल्याणकारी (सामाजिक) ब्यवस्था यो देशको दूरगामी हितका लागि अत्यावश्यक भएको उल्लेख गर्दै आफ्नो पद,प्रतिष्ठा र आगामी निर्वाचनलाइ मात्र केन्द्रमा राखेर गरिने राजनीति पाष्ट्रघातका साथै बेइमानी पनि हो भन्ने मिश्रको भनाइ छ । पुस्तक ब्यक्तिगत रुपमा आफूले जन्माएको (लेखेको)भएतापनि अवका मितिदेखि यो समजको सामुहिक र सार्वजनिक सम्पत्ति रहेकोले प्राप्त हुने स्वस्थ्य प्रतिक्रियाले आगामी दिनका लेखन कर्ममा सम्बोधन गर्दै जाने बिचार समेत ब्यक्त गरेका छन् ।

मिश्रका राजनीतिसंगै राजकाज ,भुमध्य रेखा, खान पुगोस् दिन पुगोस् का साथै रबिन्द्र मिश्रका कविता लगायतका कृतिहरु प्रकाशित छन् । मिश्रले पुस्तक बिक्रिबाट प्राप्त हुने रोयल्टी राजनैतिक सुधारका कार्य लगायत सामुदायिक कार्यमा खर्च गरिने जनाएका छन् । फाइनप्रिन्ट बिशालनगरले बजारमा ल्याएको ‘’ बिचारभन्दा माथि देश ‘’पुस्तकको मूल्य ४५० रूपैयाँ राखिएको छ ।

तपाईँको मत