गाउँ सहर

आचारसंहिता पूर्णपाठ, निर्वाचनमा के गर्न पाइन्छ के पाइँदैन ?

काठमाडाैं । निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । 

संघ र प्रदेशको आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आचारसंहिता लागू गरिने भएको हो । 

मंगलबार बसेको आयोगको बैठकले आचारसंहिताबारे निर्णय गरेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने विश्वास लिएको बताएका छन् ।

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ,’ थपलियाले भने, ‘आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’

आयोगले दलहरुलाई २३ असोजमा उम्मेदवारको मनोनयन गर्ने कार्यसूची छ ।

२ र ३ असोजमा दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् ।

आयोगले बन्दसूचीमा पेश गरिएको नाम सच्याउन १६ असोजसम्मको समय दिएको छ ।

भाेलीदेखि लागू हुने आचारसंहिता यस्तो छ : 

गाउँ सहर संवाददाता

तपाईँको मत