सडक/यातायात

दोरम्वा शैलुङ्ग वडा न.-१ डडुवाको सडक सरसफाई

रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिका वडा न.-१ डडुवाले वडादसैँ पर्व २०७९ लाई मध्येनजर गरि समग्र वडाको बस्तीस्तरमा यातयात सेवा आवात जावत गर्न सहज हुने हेतुले सडक सरसफाई गरेको छ । 

राजधानी काठमाडाैंलगायत अन्य जिल्लाबाट वडाभित्र प्रवेश गर्ने यातायातका लागि सजिलाे बनाउने सडक सरसफाइ गरिएकाे वडाध्यक्ष प्रेमकुमार लामाले बताए ।

दसैँमा धेरै मानिसहरू काठमाडाैंबाट वडा आउने भएकाे उनीहरूका सहजताका लागि पनि ध्यान दिँदै सडक सरसफाइ गरिएकाे वडाध्यक्ष लामाले बताए ।

गाउँपालिकाले प्रत्येक वडा स्तरीय सडक सरसफाइको लागि चार लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

फुलासीको सीमाना पोखरीदेखि शैलुङ्गसम्म र वस्तीक्षेत्र भित्रको सडकहरुसमेत सरसफाई गर्दा हालसम्म ९० किलाेमिटर सडक मर्मत एवं सरसफाई भएको वडाध्यक्ष लामाले जानकारी दिए । 

दोरम्वा शैलुङ्ग गाउँपालिकाको भौगोलिक तथ्यांक अनुसार सबैभन्दा ठूलो वडा पनि वडा नं १ रहेको समेत उनले बताए ।

सबै बस्तीस्तरको आवश्यकतालाई मध्यनजर गरी सडक सरसफाई गर्दा ७ लाख खर्च पुग्ने आंकलन गरिएकाे छ । 

महत्वपूर्ण पर्यटकीय गन्तव्य शैलुङ्गको उच्च भु-भाग पनि यसै वडामा पर्दछ । त्यसैले पर्यटकीय सडकहरु पनि सरसफाई भएकोले वडादसैँ विशेष शैलुङ्ग भ्रमणमा आउने पर्यटकसमेत सहज तवरले यात्रा गरी शैलुङ्ग आउन सक्ने वातावरण तय भएको उनले बताए ।  

तपाईँको मत