गाउँ सहर

पोखराको मल्लकालीन कोट भैरव  मार्गको सरसफाईमा जुटे स्थानीय

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा जाने मार्ग सरसफाई मा स्थानीय जुटेका छन् ।

प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदाको दिनमा घटस्थापना गर्ने प्राचीन प्रचलन अनुरुप  विधिवत् रुपमा घटस्थापना गरी उनीहरू सरसफाईमा जुटेका  मन्दिर संरक्षण एवम् पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले बताइन् ।

मन्दिरमा घटस्थापना गरि दैनिक दूर्गा पाठ गरिने र सप्तमीका दिनमा फुलपाती भित्राउने, महाअष्टमी, महानवमीको विशेष पूजा गरिने भएकाले भक्तजनलाई सास्ती नहाेस् भनेर मार्ग सरसफाई गरिएको उनको धारणा रहेको छ ।

मन्दिरमा विजया दशमीका दिनमा सामुहिक टिकाप्रसाद ग्रहण गर्ने प्रचलन छ । दशैंको अवसरमा मनियलडाँडाबाट कोटभैरव मन्दिर जाने बाटो सामुहिक रुपमा सरसफाई गरिएको सिलिङ्गे महिला चेतना समूहका सचिव सीता केसी महतले जानकारी दिइन् ।

मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण विशेषतः आश्विन शुक्ल पक्षका अवसरमा कास्की सहित स्याङ्जा, तनहुँ लगायत आसपासका स्थानबाट ठूलो सङख्यामा दर्शनार्थी यहाँ जाने गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत