शिक्षा

निमा एकेडेमी स्कुलले शुभकामना सहित गरे बिदाई

रामेछाप । रामेछाप दोरम्वा शैलुङ्ग वडा न.२ मा स्थापित श्री निमा एकेडेमी बोर्डिङ स्कुलले बडा दशैं २०७९ पावन अवसरमा समग्र विद्यालय परिवारको तर्फबाट शुभ- कामना सहित कार्तिक ४ गते सम्मको लागि विदाइ गरेकाे छ ।

२०६४ सालमा स्थापना गरी आफनो सेवा क्षेत्रको पहुँच स्थापित गर्दै निमा एकेडेमी स्कुलले आफनो लक्ष्य विस्तार गरेको छ । उक्त बोर्डिङ संचालन प्र. अ. सौरभ के.सी., प्रशासकीय प्रमूख रामजी श्रेष्ठ, लेखापाल सानु तमाङले मुख्य संचालनमा अगाडी बढेको छ । उक्त बोर्डिङमा हाल ७५ जना विद्यार्थी रहेको हाल कक्षा ८ सम्म संचालन भएको प्र.अ. सौरभ के.सी. ले बताए ।

उक्त बोर्डिङ स्कुलमा आइटी लाइबेरी मण्टेश्वरी बेस्टमा संचालित बालमैत्री शिक्षा लागु भएको होस्टेल समेत व्यवस्था गरिएको छ । स्कुलका नाममा २ रोपनी जग्गा खरिद गरी राम्रो विद्यालय भवन, शौचालय, कक्षा कोठा, कम्प्युटर, खाने पानी समेत व्यवस्था गरी अति राम्रो भएको छ । दोरम्वा सेवा क्षेत्रको राम्रो विधार्थी उत्पादनमा यस निमा एकेडेमी स्कुलले महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् ।

राजधानी लगायत अन्य सुविधा युक्त विद्यालयमा आफनो बाल बच्चा पढाउन चाहनेको इच्छा निमा एकेडेमी बोर्डिङ स्कुलले पुरा गरि दिएको छ । सेवा क्षेत्रको समुदायमा आफनो बाल बच्चाको राम्रो आधार तय गर्न बोडिङ्गमा पठाउने गरिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत