कला

स्वतन्त्र उम्मेदवारको आर्कषण बढिरहेको बेला पुस्तकको रुपमा आयो खत्रीको ‘स्वतन्त्र नेतृत्ववाद’

काठमाडौं । लामो सययदेखि सामाजिक अभियानमा सक्रिय युवा एच.बि खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पूस्तक सार्वजनिक गरेका छन् । पछिल्लो संधिय संसद र प्रदेश सभा निर्बाचनको मिति घोषणासँग स्वतन्त्र उम्मेदबार घोषणाको क्रम चलिरहेको बेला युवा लेखक खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक सार्वजनिक गरेका हुन् ।  

मङलबार राजधानीको मिनभवनस्थित थाहा लाइब्रेरीको हलमा कार्यक्रमकाबीच एचबी खत्रीद्वारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन प्राध्यापक डा. उत्तम खनाल प्रा.डा.गोपी लाल न्यौपाने, अभियान्ता बिनोद डाँगीले पुस्तकको बिमोचन गरेका हुन् ।

बिमोचनपछि बोल्दै प्रा.खनालले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकले इतिहासमा नयाँ वादको रुपमा आएकोले यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने बताए । प्रा. डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष भएको स्वतन्त्रताको पक्षमा लेखिएको र जुन असल नेताले एकपटक पढ्नैपर्ने बताए ।

साहित्यकार रुपसिंह भण्डारीले वाद विकास हुन समय लाग्ने भन्दै समयसँगै स्वतन्त्र नेतृत्ववादलाई परिमार्जन गर्दै लैजान सुझाउनु दिए ।

लेखक खत्रीले उपस्थित सबैलाई धन्यवाद दिँदै स्वतन्त्र नेतृत्ववादले युवा पुस्तालाई कसैको चाप्लुसी नगरी नेतृत्वमा पुग्न मद्धत पु¥याउने बताउँदै लेखकको धर्म लेख्नु भएको र बाँकी प्रतिक्रियाका लागि आजबाट पुस्तकलाई पाठकको जिम्मामा लगाएको बताएका थिए ।

सोही कार्यक्रममा विश्व किर्तिमानी गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर चित्र कुमार कार्कीले गिनिज बुकको तर्फबाट मायाको चिनो स्वरुप मेडल प्रदान गरेर लेखकलाई सम्मान एवं हौसला प्रदान गरे । पु

स्तकमा स्वतन्त्रहरुको अभियानलाई मार्गनिर्देशन गर्ने पुस्तकले सहयोगले गर्ने बताईएको छ । कार्यक्रममा लेखक, समाजसेवी, पूर्वसरकारी अधिकारीहरु लगायत विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत