राजनीति

पाँचथरमा युवा पुस्ताको धेरै ठूलो समर्थन छः राप्रपा उम्मेद्वार सगुन सुन्दर लावती

पाँचथर । पाँचथर प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीको जित सुनिश्चित देखिएको छ । मतदाताहरु पार्टीभन्दा असल र इमान्दार उम्मेद्वारको पक्षमा उभिएका कारण राप्रपा प्रवक्ता लावतीको पक्षमा व्यापक जनसमर्थन देखिएको हो ।

पाँचथर (ख) मा युवा नेता लावतीको पक्षमा नयाँ उभार आएको छ । स्थानीय जनता पुराना दल र दलका नेता, प्रतिनिधिबाट वाक्क दिक्क छन् । विकल्प खोज्ने र मत बदल्ने क्रम विकसित भएको अवस्थामा लावती विजय हुने सुनिश्चित भएको हो । प्रतिभाशाली योग्य युवा उम्मेद्वारको रुपमा खडा भएकाले युवा पुस्ताको धेरै ठूलो समर्थन रहेको प्रवक्ता सगुन सुन्दर लावतीको भनाइ छ ।

एमाले, माओवादीका उम्मेद्वारहरु पाँचथरका अभिभावक पद्मसुन्दर लावतीले जस्तै विकास गर्ने भन्दै भोट माग्दै छन् ।यस्तो अवस्थामा  नेता लावतीकै छोरा सगुन सुन्दर लावतीलाई विजय गराउनु न्यायसंगत हुने आम धारणा छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत