गाउँ सहर

खोटाङ बस दुर्घटना , चार जाना घाइते

खोटाङ । खोटाङमा बस दुर्घटना हुँदा चार जाना घाइते भएका छन् ।  जिल्लाको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–५ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालकसहित चार घाइते भएका हुन् । 

ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका २३ वर्षीय दीपेन्द्र तामाङ, ४५ वर्षीय कल्पना राई, ऐसेलु खर्क गाउँपालिकाकी २८ वर्षीय इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाइते भएको प्रहरीले जनाएको छ ।

टाउको, कान, खुट्टा लगायतका ठाउँमा चोटपटक लागेका घाइतेलाई घटनास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत जिल्ला अस्पताल दिक्तेलमा लगेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाउको छ । घाइतेको सबैको अवस्था सामान्य रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत