गाउँ सहर

तारा एयरको कार्गो जहाजमा चरा ठोकिएपछि

  • २१ मङ्सिर बुधबार, २०७९ | १५:२६:०० मा प्रकाशित

सुर्खेत । नेपालगञ्जबाट हुम्लाका लागि उडेको तारा एयरको कार्गो जहाजमा चरा ठोकिएर सामान्य क्षति पुगेको छ । 

आज दिउँसो सवा १२ बजे हुम्लाको मुने लेक नजिकै पुग्दा चिल ठोकिएर जहाजको नोजमा प्वाल परे पनि सकुशल अवतरण भएको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए । 

उनले तारा एयरको (नाइनएनएकेएल) नम्बरको जहाजको अगाडिपट्टिको भागमा चील ठोकिएर सामान्य क्षति पुगेकाले मर्मतका लागि इन्जिनियर आएपछि मात्र उडान हुने बताए । उनका अनुसार जहाजमा पाइलटसहित ३ जना सवार थिए ।

तपाईँको मत