अर्थतन्त्र

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्याँकमा अहिले देशको आर्थिक तथा वित्तीय अवस्था (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो ।  

सार्वजनिक भएको उक्त तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ । त्यस्तै, यस अवधिमा  आयात १९.९ प्रतिशतले, निर्यात २९.० प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ ।

यसअवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.१ प्रतिशतले र अमेरिकी डलरमा १६.४ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.१३३ अर्ब २१ करोडलेबचतमा रहेको छ ।

चालू आर्थिक वर्षको सात महिनासम्म कुल विदेशी विनिमय सञ्चिति रु.१३८३ अर्ब ३३ करोड र अमेरिकी डलरमा १० अर्ब ५० करोड रहेको छ । यसका साथै यस अवधिमा संघीय सरकारको खर्च रु.६६७ अर्ब ६६ करोड र राजस्व परिचालन रु.५१४ अर्ब६९ करोड रहेको छ ।

त्यस्तै, यस अवधिमा विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ८.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.९ प्रतिशत रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत