गाउँ सहर

दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौता

पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । रिड नेपाल अन्र्तगतको टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल परियोजना र पोखरा महानगरपालिका वडा नं २९मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयबीच परियोजना सन्चालन गर्न सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हाे । 

शनिबार पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकालयका तर्फबाट अध्यक्ष कृष्णहरि भण्डारी र परियोजनाका तर्फबाट रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठको उपस्थितीमा हस्ताक्षर गरिएको हो । 

सम्झौता अनुसार परियोजनाबाट लक्षित समुदायका बिद्यालयबाट पिछडिएका, प्रविधिको पहुँच नपुगेका  कक्षा ९ देखि १२ सम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका प्रयक्ष रुपमा ५५ जना किशाेरीहरु लाभान्वित हुने बताएको छ । 

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शाखा अधिकृत बद्रिनाथ सुवेदी, कार्यपालिका सदस्य निर्मला पौडेल विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, आर्दश युवा क्लबका अध्यक्ष पदम गुरुङ्ग, लगायत पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सनचालन पुस्तकालयका सचिव पदम प्रसाद अधिकारीले गरेका थिए ।

विष्णुहरि पाैडेल

तपाईँको मत