समाज

विश्व डाउन सिन्ड्रोम दिवस :  समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी दुई दिने गोष्ठी कार्यक्रम सम्पन्न

काठमाडौँ । डाउन सिन्ड्रोम समाज नेपालले समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी दुई दिने गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ। डाउन सिन्ड्रोम समाज नेपालले हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न् कार्यक्रमहरूको आयोजित गर्दै आइरहेको हो । 

हरेक बर्ष मार्च महिनाको २१ मा विश्व डाउन सिन्ड्रोम दिवस विश्व भरी विभिन्न कार्यक्रम गरी जनचेतना विकास र क्षमता अभिवृद्धि सम्वन्धी कार्यक्रम को उत्सव मनाउँदै आइरहेका छन् । यहि चैत ६ र ७ गते मार्च २० र २१ मा डाउन सिन्ड्रोम समाज नेपाल ले अपाङ्गता अवस्था भएका व्यक्तिहरूका लागि समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी दुई दिने गोष्ठी कार्यक्रम को आयोजना गरेको थियो। 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सङ्घीय सांसद  प्रकाश पन्त बाट भयो । कार्यक्रम सभापती संस्थापक अध्यक्ष शिला थापाद्वारा भयो । नेपालस्थित अष्ट्रेलियाली दूतावास हे फेलिसिटी वोक, फिनल्याण्डकी राजदूत रिना-रिक्का हेक्का, जेन क्रिल थम्पसन प्रारम्भिक हस्तक्षेप र शिक्षा परामर्शदाता संयुक्त राज्य अमेरिकी साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अपाङ्गता प्रवद्र्धन शाखा प्रमुख उपसचिव जमुना मिश्र, राष्ट्रिय अपाङ्गता महासंघ नेपालका पूर्व अध्यक्ष डा. विरेन्द्रराज पोखरेल, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेत, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल का कार्यकारी अध्यक्ष देवीदत्त आचार्य, समाज कल्याण परिषद् सदस्य सचिव मनोज भट्ट, शिक्षा तथा मानब श्रोत विकास केन्द्र समावेशी शिक्षा बाट दिव्य देवडी, सामाजिक कार्यकर्ता मगगी शाह, लगाएत सम्पूर्ण सरोकारवाला निकायहरु र विभिन्न संस्थापक समितिका पदाधिकारी, अविभावकहरुको सहभागीता थियो । 

सोही कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्रच्युएल मार्फत डाउन सिन्ड्रोम अवस्था भएका व्यक्तिहरूका लागि समावेशी शिक्षा र जीविकोपार्जन सम्बन्धी आ आफ्नो अनुभव बताएका थिए ।

तपाईँको मत