गाउँ सहर

लेखनाथको मनकामना मन्दिर संरक्षणमा जुटे स्थानीय

लेखनाथ । संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा परेको पोखरा महानगरपालिका वडा नं ३० को ठाडडाँडामा रहेको मनकामना माई मन्दिरको संरक्षणका लागि स्थानियवासी सकृयता साथ अगाडि बढेका छन् ।

वि सं २०७४ साथमा निर्माण भएको मन्दिरको धार्मिक तथा ऐतिहासिक पक्षकाबारेमा जानकारी गराउँदै मन्दिर संरक्षणका लागि यस पूर्वगठन भएको समितिलाई विघटन गरि स्थानीय मनकामना टोल विकास सस्थालाई हस्तान्तरण गरिएको छ ।  
मन्दिर संरक्षणकाे काममा धेरै समितिहरु हुँदा काम नहुने भन्दै यस ठाउँको एकिकृत विकासका लागि एउटै मुल समिति चयन गरि अगाडि बढ्ने योजना मुताविक उमादेवी बास्तोला अध्यक्ष भएको समितिलाई विघटन गरि मनकामना टोल विकास सस्थका अध्यक्ष मुक्तिराज अधिकारीलाई अधिकार हस्तान्तरण गरिएको हो ।
 
यसैबीच शनिवार भएको मनकामना टोल विकास सस्थाको १० औं बार्षिक साधारण सभाले सुन्दर पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विनु पौडेल,सचिवमा अनिता कँडेल, सहसचिवमाा आशिष बराल, कोषाध्यक्षमा प्रमिला अधिकारी र सहकोषाध्यक्षमा शान्ति भुजेल रहेकी छन् भने नवगठित समितिको सदस्यहरुमा मन्दिर संरक्षक गिता रिमाल, सिता विक, कृष्ण पौडेल र लाल बहादुर अधिकारी रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले विकासका लागि सरकारको मात्र मुख नताकी स्वयम स्थानीयबासीहरुले सक्रियताका साथ अगाडी बढ्ने हो भने त्यसमा सरकार सहयोग गर्न बाध्य हुनुपर्ने सुझाव राखेका थिए ।

मनकामना टोल विकास सस्थका अध्यक्ष मुक्तिराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक परोपकार समोन्वय सस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी, मनकामना माई मन्दिर ब्यवस्थापन समितिकी अध्यक्ष उमादेवि वास्तोला, सचिव लिलामणि त्रिपाठी,लेखनाथ पत्रकार मञ्चका सस्थापक अध्यक्ष भीमपाणि बराल, मञ्चका अध्यक्ष कविराज खनाल,मन्दिरकी संरक्षक गिता रिमाल,मनकामना आमा समुहकी अध्यक्ष पवित्रा गौतम,खानेपानी उपभोक्ता समितिका संयोजक जीवन ढकाल, लेखनाथ जेसिजका महासचिव प्रकाश राईभाट लगायतले मन्दिर संरक्षणको जिम्मा टोल विकास सस्थाले गर्ने गरि बनाईएको कार्यविधीले यस ठाउको प्रचार प्रसारमा थप सहयोग पुग्ने विचार राखेका थिए ।

सस्थाका सचिव सुन्दर पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य मन्दिर ब्यवस्थापन समितिका सचिव लिलामणि त्रिपाठीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हुम कुमारी पौडेलले प्रस्तुत गरेकी थिइन् ।
तपाईँको मत