राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, १० एजेण्डामा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरमा सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान बैठक सुरु हुने छ ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार  गत २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको छ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका नेता रिजालले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत