गाउँ सहर

चन्द्रागिरि नगरद्वारा सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिने कार्य शुरु

काठमाडाैँ । चन्द्रागिरि नगरपालिकाद्वारा ६० वर्ष माथिका स्थायी बसोबास गर्ने सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिने कार्य शुरु गरेकाे छ ।

नगरपालिकाले त्रैमासिक रुपमा सम्बन्धित व्यक्तिको बैंक खातामै उक्त अनुदान रकम पुग्ने व्यवस्था मिलाएको छ । प्रति रोगको मासिक रु ४०० र दुवै रोगको औषधि प्रयोगकर्ताले मासिक रु ८०० प्राप्त गर्नु हुनेछ ।

पहिलो चरणमा वडाका स्वास्थ्य चौकी मार्फत औषधि वितरण गरिएकोमा विभिन्न प्रकार र कम्पनीको औषधि प्रयोग हुने भएकोले नगद अनुदान दिने कार्य शुरु भएको हो । साथै नगर प्रमुख घनश्याम गिरीले लगभग ७००० नगरबासीले यस सुबिधाको लाभ लिने आंकलन रहेको कुरा जानकारी गराउँदै कसैको परिवार वा छर छिमेकमा कोहि यस सुविधाबाट बन्चित हुनु भएको छ अथवा कोहि ६० वर्ष उमेर लाग्दै हुनुहुन्छ भने वहाँहरुको विवरण सम्बन्धित वडा वा नगरपालिकाले सुरु गरेको घर दैलो नर्सिंग सेवामा घर दैलोमा आउनुहुने नर्सहरुलाई विवरण टिपाएर यस सुविधाको लाभ लिन समेत अनुरोध गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत